एमालेको अग्रता कायमै



 

इटहरी, २२ असार । इटहरी उपमहानगरपालिकामा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार द्वारिकालाल चौधरी २० हजार ७४१ तथा उपप्रमुखमा लक्ष्मी गौतम २० हजार आठ मतका साथ अग्रस्थान हुनुहुन्छ ।

उहाँहरुलाई पच्छ्याइरहनुभएका नेपाली काँग्रेसका उम्मेदवार रोहित प्रसार्इंले १८ हजार ४०२ र उपप्रमुखका उम्मेदवार विमला ढकालले १६ हजार ९९२ मत प्राप्त गरी एमालेलाई पच्छ्याइरहनुभएको छ । अहिले वडा नं ९, १०, ११, १३ र १४ वडाको मतगणना जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्