सल्यानका स्थानीय तहले धमाधम काम गदै



सरिता चलाउने, सल्यान ।
सल्यानका स्थानीय तहले धमाधम आफ्नो काम शुरु गरेका छन् । आ–आफ्नो स्थानीय तहको विकास र समृद्धिका लागी योजना बनाउने देखि लिएर बजेट निर्माणको काम शुरु गरेका छन् ।

यस क्रममा कपुरकोट गाउंपालिकाले पनि आगामी असार २९ गते गाउंसभा सम्पन्न गर्ने निर्णय गर्दै विभिन्न समितीहरु बनाएको छ । २५ गते सम्म गाउं, टोल तथा वडा भेलाहरु सम्पन्न गरिसक्ने निर्णय गाउंकार्यपालिकाको बैठकले गरेको अध्यक्ष भिम बहादुर सेनले जानकारि दिएका छन् । पालिकाका उपाध्यक्ष तिला बुढाको संयोजकत्वमा राजस्व परामर्श समिती गठन गरिएको छ भने अध्यक्ष सेनको संयोजकत्वमा ७ सदस्यीय श्रोत अनुमान तथा बजेट निर्धारण समिती गठन गरिएको कार्यकारि अधिकृत रेमन्त डागीले जानकारि दिए ।

यस्तै बजेट तथा कार्यक्रम तर्जुमा समिती र विभिन्न विषयगत समितीहरु पनि गठन भएका छन् । जसमा सार्वजनिक सेवा तथा क्षमता विकास समिती, आर्थीक विकास समिती, सामाजिक विकास समिती, पूर्वाधार विकास समिती, वातावरण तथा विपत् व्यवस्थापन समिती र विधेयक समितीहरु रहेका छन् । यी समितीहरुले आवश्यक परेको बेला बैठक तथा विभिन्न निर्णयहरु गर्ने गाउंपालिकाले जनाएको छ । पालिका भित्र रहेका विभिन्न समस्या समाधान तथा विकास निर्माणका योजना बनाउनतर्फ जनप्रतिनीधीहरु लागी परेको कार्यकारि अधिकृत डागीले जनाएका छन् ।

कपुरकोट गाउंपालिकामा आर्थीक वर्ष २०७४।०७५ का लागी २३ करोड ८१ लाख ५२ हजार रुपैया बजेट विनियोजन भएको छ । यस मध्ये विकास निर्माण तथा गाउंपालिका, वडापालिकाका जनप्रतिनीधीको तलवभत्ता एवम् कार्यालय संचालनका लागी समानिकरण अनुदान वापत १४ करोड ९२ लाख ९ हजार रुपैया मात्रै खर्च हुने छ । बांकी ८ करोड ८८ लाख रुपैया भने गाउंपालिका भित्र रहेका स्कुल, स्वास्थ्य संस्था लगाएतका सरकारि कार्यालयका कर्मचारिहरुको तलवमा खर्च हुने छ ।

उता जिल्लाको बागचौर नगरपालिकाले पनि स्थानीय तहको योजना तथा बार्षिक कार्यक्रम, बजेट तर्जुमा गर्नको लागि विभिन्न समितिहरु गठन गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्