रकेट खस्दा पाँचको मृत्यु



 

ट्रिपोली, (एजेन्सी)
अचानक लिबियाको राजधानी ट्रिपोलीको एक समुद्रीतटमा एउटा रकेट खस्दा कम्तीमा एकजना बालकलगायत ५ जना व्यक्तिको ज्यान गएको र अन्य २५ जना घाइते भएको लिबियाली स्वास्थ मन्त्रालयले जनाएको छ।

ट्रिपोलीको पूर्वी भागमा रहेको मिटिगा विमानस्थलसामुको समुद्रीतटमा मंगलबार उक्त घटना घटेको प्रहरीले जनाएको छ। यसैबीच गृहमन्त्रालयको एक सूत्रले मंगलबार विमानस्थल वरपर सुरक्षा फौज र एउटा प्रतिबन्धित समुहबीच भिडन्त भएको जनाएको छ।

सन् २०१४ को मध्यतिर सरकारी फौज र प्रतिद्वन्द्वी छापामारहरुबीचको भिडन्तका कारण सो विमानस्थ निकै क्षतिग्रस्त भएको थियो। तर उक्त सूत्रले जानीजानी सर्वसाधारणमाथि लक्षित आक्रमण भएको हो वा होइन स्पष्ट पारेको छैन। सन् २०११ मा तत्कालीन तानाशाह कर्णेल गद्दाफीलाई अपदस्थ गर्न आन्दोलन शुरु भएयता तेलका लागि धनी राष्ट्र लिबियामा अस्थिरता जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्