सिलिन्डर ग्यास लिक हुँदा ४ घाइते



 

जाजरकोट, (नेस)
जाजरकोटको भेरी नगरपालिका ३ तल्लो थाप्लेको एक घरमा खाना पकाउने (एलपीजी) ग्यास लिक भएको छ। उक्त ग्यास लिक हुँदा ग्यास राखिएको कोठमा आगलागी भई एक नाबालकसहित चार जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा त्रिवेणी नलगाड नगरपालिका–४ की २१ वर्षीया वन्दना पन्त, ४८ वर्षीय हीरालाल पन्त, ३ वर्षीय नाबालक रोशन सिंह र भेरी नगरपालिका–३ का ४० वर्षीया वागेश्वरी डाँगी रहेका छन्।
घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला अस्पताल जाजरकोटका निमित्त कार्यालय प्रमुख डाक्टर चाँदनी जयसवालले बताए।

प्रतिक्रिया दिनुहोस्