कांग्रेस–माओवादी गठबन्धनको लज्जास्पद हार, बुटवल उपमहानगरमा एमाले विजयी



नेपाल समाचारपत्र, बुटवल । बुटवल उपमहानगरपालिकामा पनि संयुक्त प्यानललाई हराउँदै एमाले विजयी भएको छ ।

कांग्रेस–माओवादी सहितको गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरपालिकामा एमाले विजयी भएको हो ।

कांग्रेसका खेलराज पाण्डेलाई २,३९८ मतले हराउँदै एमालेका शिवराज सुवेदी निर्वाचित भएका छन् ।

सुवेदीले २३२४९ मत पाए भने कांग्रेसका पाण्डेले २०८५१ मत ल्याए ।

 

 

प्रतिक्रिया दिनुहोस्