बाख्रापालनका लागि तीस लाख अनुदान



 

भद्रपुर, २१ असार । व्यावसायिक बाख्रा प्रवद्र्धन राष्ट्रिय कार्यक्रमअन्तर्गत व्यावसायिक कृषकले झापामा रु ३० लाख अनुदान रकम प्राप्त गरेका छन् ।

आव २०७३÷७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० वटा बाख्रापालक कृषि फार्मलाई जनही रु एक लाख ५० हजारका दरले खोर सुधार, औषधि उपचार, आहारा विकासलगायत शीर्र्षकमा अनुदान दिइएको हो ।

उक्त कार्यक्रमअन्तर्गत युवा लक्षित बाख्रापालन र व्यावसायिक बाख्रापालन कार्यक्रम रहेका जिल्ला पशु सेवा कार्यालयका डा कुमारसिंह खत्रीले जानकारी दिनुभयो । गत वर्षसम्म जिल्लामा २८ वटा बाख्रा फार्म रहेका थिए । यस वर्ष ५६ वटा फार्म थपिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्