महालक्ष्मी विकास बैंकका अध्यक्षद्वारा सपथ



 

काठमाडौं, (नेस)
महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। उपाध्यायले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार शपथ ग्रहण गर्नु भएको हो।

साविकको यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक आपसमा गाभिएर बनेको राष्ट्रियस्तरको महालक्ष्मी विकास बैंकमा नयाँ सञ्चालक समितिको गठन भएको हो। मर्जरपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड पुगेको छ। बैंकको कूल निक्षेप २४ अर्ब २१ करोड रुपियाँ र कर्जा २० अर्ब २६ करोड रुपियाँ पुगेको बैंकले जनाएको छ। बैंकका देशभर ६५ वटा शाखा ३ लाख ६४ हजार ग्राहक रहेको छन्।

 

प्रतिक्रिया दिनुहोस्