अवैध मदिरा नष्ट



 

दोलखा, (नेस)
जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरूले आज विभिन्न पसल तथा घरबाट बरामद गरेको अवैधरूपमा उत्पादित मदिरा नष्ट गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

जिल्लाको जिरी, सिंगटी, मागापौवा, खरीढुङ्गा, दोलखा, बिगु, तामाकोसी, किर्नेटारलगायतको प्रहरी इकाइहरूबाट बरामद गरिएको १ हजार १ सय ४२ लिटर अवैध मदिरा र ५ सय ६० केजी कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवीको रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

आज सोमबार विशेष अभियानको रूपमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूमा अवैध मदिरा नष्ट गरिएको र यो अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। विभिन्न घरेलु हिंसा, महिला हिंसा र शान्ति सुरक्षा कायम गर्ने कुरामा अवैध मदिरा चुनौतीको रूपमा रहेकाले पनि यसको नियन्त्रणका लागि प्रहरीले नियमित कामसँगै विशेष अभियानसमेत सञ्चालन गर्दै आएको प्रहरी नायव उपरीक्षक कार्कीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्