चरेश बेच्ने कारागार चलान



हेटौंडा,(नेस) । लागुऔषध चरेश मुद्धामा संलग्न अन्य प्रतिवादी पुर्पक्षमा रहेकोमा सोही मुद्धामा फरार रहेका मकवानपुरको थाहा नगरपालिका वडा नं. ११, छात्तेगाउँ बस्ने वर्ष ३८ को सीतलाल लामा (स्यांतान) पक्राउ परेका छन् । उनलाई आइतबार इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनको घरबाट पक्राउ गरेको हो । पालुङका प्रहरी नायब निरीक्षक बेलबहादुर राउतको कमाण्डामा खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो ।

मकवानपुर जिल्ला अदालतमा पेश गरिएकोमा उनलाई मंगलबार पुर्पक्षका लागि कारागार कार्यालय भीमफेदीमा पठाइएको प्रहरीले जनाएको छ ।  २०७३ फागुन ११ गते हेटौंडा–१७, रातोमाटेस्थित चेक प्वाइन्टमा प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जा“दै गरेको एचआर २११३९३२ नम्बर भारतीय गाडीबाट ४८ किलो चरेश बरामद गरेको थियो ।  बरामद चरेश लिएर गएका पर्सा वीरगञ्ज–१९ का परमात्मा गोसार्इं, सोही ठाउ“का अनिल स्वामी र भारतको हरियाणा बस्ने नरेशकुमार रामले लामाको घरबाट चरेश खरिद गरेको बयान दिएका थिए । सोही आधारमा लामा प्रहरी निगरानीमा थिए ।

प्रतिक्रिया दिनुहोस्