कटारी नपामा एमाले र चौदण्डीमा काग्रेस बिजयी त्रियुगामा एमालेको अग्रता



बेलका नपामा बढी मत भेटिएपछि विवाद दुई दिनदेखी गणना स्थगित

कुशलबाबु बस्नेत,उदयपुर ।

स्थानीय तह निर्बाचन अन्तरगत उदयपुरको कटारी नगरपालिकामा मेयर उपमेयर एमाले बिजयी भएको छ ।१४वटा वडा रहेको उक्त नपामा वडाध्यक्षमा काग्रेस ६काग्रेस,४एमाले ३माओबादी केन्द्र,र १स्वतन्त्र बिजयी भएका छन् । एमालेका मेयर ज्ञानेन्द्र श्रेष्ठले ६हजार९सय९मत र उपमेयर भिमकुमारी राउतले ७हजार ५सय ३५मत सहित बिजयी हुनुभयो ।

निकटतम प्रतिद्वन्दी नेपालीकाग्रेसका मेयरका उमेदवार ज्ञानेन्द्रमानसिंह राउतले ६हजार७सय३५ र उपमेयरकी उमेदवार निर्मला न्यौपानेले ५हजार ८ सयसतासी मत पाँउनु भएको छ । यसैगरी चौदण्डी नगरपालिकामा नेपाली काग्रेसका मेयर र उपमेयर बिजयी हुनुभएको छ ।

नेपाली कग्रेसका खगेन्द्रराई ६हजार ८सय ७० मत प्राप्त गरी मेयरमा र कग्रेसकै रिता चौधरी ६ हजार ९सय ९६मत प्राप्तगरी उपमेयरमा बिजयी हुनु भएको हो ।

मेयरका निकटतम प्रतिद्वन्दी एमालेका नरेन्द्र कुमार राउतले ६हजार तिन सय ९० र उपमेयरका निकटतम प्रतिद्वन्दी एमालेकी कान्ताराईले ५ हजार ९ सय ६३ मत पाउनु भयो ।उक्तनगरपालिकाका १० वटा वडामध्य कगे्रस ६ माओबादी केन्द्र ३र एमाले १ वडामा वडाध्यक्षमा बिजयी हुनु भइको छ ।

३४हजार २सय ६६ मत खसेको त्रियुगा नगर पालिकामा मंगलबार बिहान सम्म २०हजार ९सय २७ मत गणना भएको छ । त्रियुगामा एमालेका मेयरका उमेदवार बलदेब चौधरी ७ हजार ९७, उपमेयरका उमेदवार गिता रेग्मीले ६ हजार ७ सय ७९काग्रेसका मेयरका उमेदवार बसन्त बस्नेत ६ हजार ४ सय ९९ उपमेयरका उमेदवार देबी चौधरीले ६हजार ६सय ७७, माओबादी केन्द्रका मेयरका उमेदवार किरण राईले ५हजार ९५ ,उपमेयरका उमेदवार गिता खड्काले ४हजार ७ सय ९१ मत पाँउनु भएको छ । त्रियुगामा १६ वडा मध्य १० वटा वडाको मत परिणम घोषणा भएको छ ।

मतगणनामा विवाद भएपछि चार दिनदेखी मत गणना(शनिबार मध्यरात देखी) स्थागित भएको बेलका नगरपालकाको गणना अझै सुचारु भएको छैन । विवादका विसय निर्बाचन आयोगलाई लिखित रुपमापाएकोले आयोगको निर्देशन आएपछिमात्र गणनासुरु गर्ने पमुखजिल्ला अधिकारी कालीप्रसादपराजुलीले बताउनु भयो । आयोगले आजै निर्देशन गरेपछि मतगणना सुरु गर्ने प्रजअि पराजुलीले बाउनु भयो ।

वडानम्बर ४को मतगणना गर्दा तिन मत बढी फेलापरेपछि त्याहाँ विवाद सुरु भएको थियो । काग्रेस,माओबादीर राप्रपाले उक्त वडामा पुःन मतदान गर्नुपर्ने माग राखेका छन भने एमालेले मतगणना सुचारु गर्न दवाव दिदै आएको छ ।

यस अघी नै तिन गाँउ पालिकामा एमाले र एक गाँउ पालिकामा माओबादी र काग्रेस बिजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्