बागमती सफाइमा मनीषाका साथ विवाहित सुन्दरीहरू



 

मिसेस नेपाल आइकन २०१७ का प्रतिस्पर्धीहरू बागमती सफाइ अभियानमा जुटेका छन्।

आफ्नो संस्थाकै महत्त्वपूर्ण प्रतियोगिताका रूपमा प्रस्तुत गर्दै आएको एएनपी मिडिया हाउस, ललितपुरले हरेक वर्षझैं यस वर्ष पनि आयोजना गर्न लागेको मिसेस नेपाल आइकन २०१७ मा सहभागी ३३ प्रतियोगीले कुपण्डोल र त्रिपुरेश्वर पुल वरपरको बागमती नदीको सरसफाइ गरेका हुन्। सरसफाइ अभियानमा सहभागी महिलाहरूले बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालालगायतसँगै बागमतीको सरसफाइ गरेका थिए।

कार्यक्रममा आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले विवाहित महिलाहरूलाई चुलोचौकोमा सीमित नभई उनीहरूको दायरा विस्तार र समाजप्रतिको थप जिम्मेवारी बोधका लागि प्रोत्साहित गर्ने उद्देश्यले चौथो संस्करणको मिसेस नेपाल आइकन २०१७ आयोजना गर्न लागेको र सामाजिक उत्तरदायित्व बहनको सिलसिलामा प्रतिस्पर्धीहरूलाई सरसफाइ अभियानमा सहभागी गराएको बताए।

मिसेस नेपाल आइकन २०१७ प्रतियोगितामा राजधानीका विभिन्न स्थानमा बस्दै आएका विविध पेसाकर्मी तथा गृहिणीहरू अस्मिता बयलकोटी, सोनु मल्ल खाँण, सुमिना श्रेष्ठ, मीनु पाण्डे, रचना श्रेष्ठ, ममता महर्जन श्रेष्ठ, जयन्ती श्रेष्ठ उप्रेती, पार्वती केसी शाही, दिव्या पौडेल, आरोही बिके दुलाल, सुजना श्रेष्ठ, बीना बराल प्याकुरेल, रमा महर्जन, सविता पाख्रिन, सनिशा राई गुरुङ, समृद्धि सुब्बा, अञ्जना लिम्बु राई, शिल्पा बस्नेत, हीरा बास्तोला, विमला बिके, सन्ध्या शाही, अप्सरा खड्का अधिकारी, तारा ओली, सुस्मता बुढाथोकी, लक्ष्मी नगरकोटी, सुष्मा विश्वकर्मा, वर्षा कार्की, सुमिन केसी, अञ्जता खाती क्षत्री, संगीता भट्टराई दाहाल, सुभद्रा मैनाली ढुंगेल, सरला केसी, सिर्जना शाक्य, सरिता लामा र सोनी श्रेष्ठ अन्तिम स्पर्धाका लागि छानिएका छन्।

कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा हुने प्रतियोगिता आगामी श्रावण ८ गते आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्