ब्राड र सियना सँगै



 

हलिउड नायिका ऐन्जेलिना जोलीसँग अलग भएपछि अभिनेता ब्राड पिट अर्की हलिउड नायिका सियना मिलरसँग डेट गरिरहेका छन्।

हलिउड रिपोर्टअनुसार यी हलिउड स्टार आफ्नो डेटलाई गोप्य राख्न चाहन्थे। तर यो रहस्य त्यति बेला पर्दाफास भयो, जुन बेला यी दुवै केही दिनअघि सप्ताहन्त मनाउने क्रममा ग्लासटनब्री भीआईपी एरियामा निकटता देखाइरहेका भेटिए।

करिब दुई महिनाअघि पनि उनीहरूको बारेमा यस्तै खबर बाहिरिएको थियो। तर मिलरले यो खबरलाई अस्वीकार गर्दै यो अफवाह मात्र भएको बताएकी थिइन्। एक अमेरिकी सञ्चारमाध्यमका अनुसार यी दुवै जना एकअर्कासँग नजिकिएका छन्। तर दुवै जना आफ्नो अफेयरलाई लुकाउन चाहन्छन्। यो सम्बन्ध असफल पनि हुन सक्छ। त्यसकारण पनि कुरा बाहिर ल्याउनका लागि उनीहरूले समय लिइरहेको बताइन्छ।

हालै एक म्युजिक फेस्टिबलमा पनि यी दुवै निकै नजिकिएको समाचारमा उल्लेख छ। सियनाले नजिकको सूत्रलाई उद्धृत गर्दै जनाएअनुसार सियना आफ्नो साथीहरूबीच यो सम्बन्धलाई मजाकको रूपमा लिइरहेकी छिन्। उनी बेनेटोका साथ निकै खुसी छिन्।

प्रतिक्रिया दिनुहोस्