लायन्स क्लब अफ काठमाडौं विशाल बजारको पद हस्तान्तरण सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
लायन्स क्लब अफ काठमाडौं विशाल बजारले लायन वर्ष २०१७⁄०१८ का लागि चुनिनुभएका नयाँ कार्यसमितिका पदाधिकारीलाई सोमबार पद हस्तान्तरण गरेको छ। सो अवसरमा क्लबका सल्लाहकार लायन राजशिरोमणि तुलाधरले कार्यक्रममा सहभागी भएकाहरूलाई स्वागत गर्दै नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभएको थियो।

लायन २०१६⁄०१७ का अध्यक्ष लायन उद्धव आर्चायले लायन वर्ष २०१७⁄०१८ का अध्यक्ष लायन अमृतरत्न शाक्य ताम्राकारलाई अध्यक्षको कार्यभार हस्तान्तरण गर्नुभएको थियो। सोही कार्यक्रममा गत वर्षका सचिव लायन राजकुमार देवकोटा र कोषाध्यक्ष लायन श्रीहर्ष तुलाधरले क्लबको माइन्युट तथा हिसाब–किताब लायन वर्ष २०१७⁄०१८ का सचिव लायन योगेश्वर श्रेष्ठ र कोषाध्यक्ष लायन रूपनतारा शाक्यलाई हस्तान्तरण गर्नुभयो।

लियो क्लब अफ काठमाडौं विशाल बजारको लियो वर्ष २०१७⁄०१८ का लागि अध्यक्ष लियो अस्मिता श्रेष्ठ, सचिव लियो निश्चल शिखाकार र कोषाध्यक्ष लियो भीमजोल तुलाधर चुनिनुभएको छ।

लायन वर्ष २०१७⁄०१८ का अध्यक्ष लायन अमृत रत्न ताम्राकारले क्लबका संस्थापक अध्यक्ष स्व. भरतलाल श्रेष्ठको सपनालाई शाकार पार्न क्लबको परम्परालाई जोगाउँदै सबै सदस्यको सहयोगबाट नै यस क्लबको शिर उच्च हुने बताउनुभयो। क्लबका सल्लाहकार लायन धीरजराम राजभण्डारीले नयाँ कार्यसमितिलाई बधाई दिँदै सबै पदाधिकारी मिलेर काम गर्न सके मात्रै संस्थाको उद्देश्य पूरा हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्