सोलुखुम्बुमा एमाले पहिलो



 

बुद्धवीर बाहिङङ, सोलुखुम्बु
सोलुखुम्बुमा चार स्थानीय तहमा एमाले विजयी भएको छ। दूधकोसी, सोताङ र खुम्बुपासाङल्हामु गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सानदान विजयी भएको हो। नेचासल्यान गाउँपालिकामा भने नेकपा एमालेले अध्यक्ष पदमा सानदार विजयी हासिल गरेको हो।

दूधकोसी गाउँपालिकामा अध्यक्षमा बुद्धिकिरण राईले २ हजार १ सय ९२ मत ल्याएर विजयी भएका हुन्। उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस भोजराज कार्कीले १ हजार ५ सय ९९ मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा एमालेका जुनिता मगरले २ हजार २ सय ६२ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्रिता राईले १ हजार ६ सय ८ मत ल्याएका छन्।

सोताङ गाउँपालिकामा अध्यक्षमा वीरबहादुर राईले १ हजार ३ मत ल्याएर विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दीपक खड्काले ८ सय ७१ मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा एमालेकै लक्ष्मी बस्नेतले १ हजार ६ सय ७३ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नन्दकुमारी राईले ८ सय ४६ मत ल्याएका छन्।

खुम्बुपासाङल्हामु गाउँपालिकामा अध्यक्षमा निमदोर्जी शेर्पाले १ हजार ४ सय २४ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चुङबा शेर्पाले १ हजार ४ सय २ मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा एमालेकै टासील्हामु शेर्पाले १ हजार ४ सय २१ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नाङल्हामु शेर्पाले ८ सय ४६ मत ल्याएका छन्।

नेचासल्यान गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार डुफकुमार बास्तोलाले १ हजार ६ सय ९८ मत ल्याएर विजयी भएका छन्। त्यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका कुमारी शर्माले २ हजार २ मत ल्याएर विजयी भएकी हुन्। अध्यक्ष पदको उम्मेदवार बास्तोलाको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनजन राईले १ हजार ६ सय ५६ मत ल्याएका छन् भने उपाध्यक्षको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृताकुमारी राईले १ हजार ५ सय ८१ मत प्राप्त गरेका छन्।

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नाम्गेलजाङ्बु शेर्पा विजयी भएका छन्। उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार कल्पना राई विजयी भएका छन्। प्रमुख पदका विजयी शेर्पाले २ हजार ७ सय ५१ मत ल्याएर विजय हासिल गरेका हुन्। त्यस्तै उपप्रमुख पदका उम्मेदवार राईले २ हजार ७ सय ६० मत ल्याएर विजय भएका हुन्।

प्रमुख पदका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झलक शेर्पाले २ हजार ६१ मत प्राप्त गरेका छन् भने उपप्रमुख पदका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिन्डील्हामु शेर्पाले २ हजार ७ सय १७ मत प्राप्त गरेका छन्।

लिखुपिके र महाकुलुङ गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष डम्बरबहादुर वस्नेतले १ हजार १ सय ३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७ सय ६० मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १ हजार ४२ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मीना बस्नेतले ८ सय २८ मत ल्याएका छन्।

महाकुलुङ गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार सागर किरातीले १ हजार ४ सय २ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भलाकाजी कुलुङले १ हजार ३ सय ८३ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका विपन कुलुङ विजयी भएका छन्।

दूधकौशिका गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार असिम राईले २ हजार ५ सय १४ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हुतराज बस्नेतले २ हजार ३ सय ४ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका सविता राई विजयी भएका छन्। राईले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मेनुका पुरी गिरीलाई पछि पार्दै विजयी भएका हुन्।

सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका रहेको छ। गत बुधबार भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम सोलुखुम्बुका सबै स्थानीय तहको नतिजा घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्