बी एन्ड बीद्वारा निःशुल्क स्वास्थ्य शिविर



 

बी एन्ड बी अस्पताल परिवार तथा फ्रेन्डस्को संयुक्त आयोजनामा ललितपुरको ठेचो—८ स्थितसरस्वती उच्च माविको प्राङ्गणमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरियो।
शिविरमा अर्थोपेडिक, पेडियाट्रिक, गाइनोकोलोजी, सर्जरी, युरोलोजी, डम्र्याटोलोजी, न्युरोसर्जरी, प्लास्टिक सर्जरी, एक्स रे, अल्ट्रासाउन्ड जाँच, ईसीजी जाँच, सुगर जाँच, फिजियोथेरापी तथा निःशुल्क औषधि वितरण गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। शिविरमा हाड जोर्नी, जनरल सर्जरी, जनरल मेडिसिन, चर्म रोग, स्त्रीरोग, बाल रोग, दन्त परीक्षण तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ डाक्टरहरुद्वारा परार्मश सेवासमेत प्रदान गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्