झण्डै पाँच हजार मतान्तरमा घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी विजयी हुँदै



दाङ । दाङको घोराही उपमहानरपालिको प्रमुखमा नेकपा एमाले विजयी हुने निश्चित भएको छ । उपमहानगरको मेयरमा एमालेका तर्फबाट नरुलाल चौधरी उम्मेदवार रहेका छन । घोराहीको १९ वडा मध्ये १७ वडाको मतगणना सकिएर अन्तिम दुई वटा वडाको मतगणना जारी रहँदा चैधरी निकटम प्रतिद्धन्द्धी भन्दा चार हजार २३९ मतले अघि रहेका छन । हालसम्मको मतपरिणमा चौधरीले १९७८२ मत प्राप्त गरेका छन भने उनको निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १५५४३ मत प्राप्त गरेका छन ।

घोराहीको अन्तिम २ वडाको मतगणना जारी छ । हालसम्म मतगणना भएका वडाहरुमा मध्ये १, २, ४, ७, ९, ११, १६, १८ र १९ गरी ९ वटा वडामा एमाले विजयी भएको छ । त्यस्तै ३, ५, ६, ८, १० र १५ गरी ६ वटा वडामा मा कांग्रेस विजयी भएको छ भने वडा नम्बर १७, १४ मा माओवादी विजयी भएको छ । घोराही उपमहानगरपालिकामा खसेको ५८ हजार ५३९ मतमध्ये ५१ हजार ७३४ मत गणना भइसकेको छ । अब चार हजार ५०० मतमात्र गन्न बाँकी रहेको छ । चौधरीले अहिले नै ४२३९ मतले अग्रता कायम गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्