शिल्पा विरांगना



 

विरांगना नाममा फिल्म बन्ने भएको छ। राजबहादुर सानेले निर्देशन गर्ने फिल्मको आइतबार राजधानीमा आयोजित एक समारोहबीच शुभ मुहूर्त गरियो।

फोर्थ आई मुभिजले निर्माण गर्न लागेको फिल्मको पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको प्रमुख अतिथ्यतामा शुभ मुहूर्त गरिएको हो। पुरानादेखि नयाँ अनुहारको देखिने फिल्म नेपालको सीमा क्षेत्रमा हुने अवैधानिक गतिविधि तथा अपराधिक क्रियाकलापमाथि बन्ने निर्देशक सानेले जानकारी गराए। नायिका शिल्पा पोखरेल प्रमुख भूमिकामा रहने फिल्ममा अनुपविक्रम शाही, पृथ्वीराज प्रसार्इं, धिरेन शाक्य, सुनीलदत्त पाण्डे, सुशील पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झालगायतका कलाकार रहनेछन्।

बाबुराम दास, श्यामबहादुर थापा र रघु परियारको निर्माणमा बन्ने फिल्ममा लेखन निर्देशक साने, दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्वन्द्व रहनेछ।

प्रतिक्रिया दिनुहोस्