नवलपरासीका ६ स्थानिय तहको नतिजा सार्वजनिक, जानौं को-काहाँ बाट बिजयी



घनश्याम बगाले,नवलपरासी ।
सात स्थानीय तहका लागि निर्वाचन भएको नवलपरासीमा २ नगरपलिका सहित ४ गाउपालिकाको मतगणना सम्पन्न भएको छ ।

सुनवल नगरपालिकाको मेयरमा नेपाली काग्रेसका भिमबहादुर थापा(भरत)ले जित हासिल गर्नु भएको छ भने उपमेयरमा नेकपा एमालेलका दधिराम अर्याल विजयी हुनु भयो ।

उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य समेत रहनु भएका थापाले ९ हजार ७ सय ७ मत ल्याई मेयरपदमा विजयी हुनु भएको हो ।

थापाका निकटतम प्रतिद्धन्दी एमालेकी विमला अर्यालले ९ हजा १ सय ८२ मत प्राप्त गर्नु भयो ।

सुनवल नगर पालिकाको उपमेयरमा नेकपा एमालेका दधिराम अर्यालले ९ हजार ९ सय १० मत ल्याएर विजयी हुनु भएको छ । १३ वडा रहेको सुनवलमा ९ वडामा नेकपा एमाले, ३ ओटामा नेपाली काग्रेस र १ वडामा माओबादी केन्द्र विजयी भएको छ ।

यसैगरी सदरमुकाम परासी स्थित रामग्राम नगरपालिकामा नेपाली काग्रेसका नरेन्द्र प्रसाद गुप्ताले ५ हजार ८ सय ५६ मत ल्याएर नगरप्रमुख पदमा विजयी हुनु भएको छ ।

नगरप्रमुख पदमै उठ्नु भएका नेकपा एमालेका उम्मेदबार उमाशंकर चौधरीले रामग्राम नगरपालिकामा ४हजार ५ सय ३० मत ल्याउनु भएको थियो ।

रामग्रामको उपमेयमा नेपाली काग्रेसकी रम्भा कुवरले ६ हजार ५ सय ८९ मत प्राप्त गरी जितहासिल गर्नु भएको छ । सोही पदमा एमालेकी उमादेवी यादवले ४ हजार ६१ मत प्राप्त गर्नु भएको थियो ।

१८ ओटा वडा रहेको रामग्राम नगरपालिकामा काग्रेसले २,३,६,८,९,१२,१४,१५,१६ र १८ गरी दश वडामा जित हासिल गरेको छ भने राप्रपा र नया शक्तिले १,७,१७ र ४,१०,१३मा जितेको छ । एमालेले जितेका २ वडामा ५ र ११ रहेकाछन् ।

यसै गरी सुस्ता गाउपलिकामा नेकपा एमाले अध्यक्ष उपाध्यक्ष,प्रतापुरमा नेपाली काग्रेसले अध्यक्ष उपाध्यक्ष ,पाल्हिनन्दनमा नेकापा माओबादी केन्द्र अध्यक्षमा तथा सरावल गाउपालिमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष पदमा विजयी भएको छ ।

सुस्तामा नेकपा एमालेका रामप्रसाद पाण्डे गाउपालिका अध्यक्षमा विजयी हुनु भएको हो । उहाले ३ हजार ५ सय ११ मत ल्याउनु भएको थियो ।

प्रतापुर गाउपालिकामा नेपाली काग्रेसका राजकुमार शर्माले ३ हजार ८ सय ८२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

पाल्हिनन्दनमा माओबादी केन्द्रका बैजु प्रसाद गुप्ताले ४ हजार ३ सय ५१ मत ल्याएर विजयी हुनु भएको हो ।

यसै गरी सरावल गाउपालिकामा फोरम(लोकतान्त्रि)का राधेश्याम चौधरीले ५ हजार ४५ मत पाएर अध्यक्ष पदमा विजय बन्नु भएको हो ।

मतगणना जारी रहेको बर्दघाट नगरपालिकाको मेयर पदमा नेपाली काग्रेस र नेकपा एमालका उम्मेदबार वीच झिनो मतान्तर चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्