त्यस्ता विकास प्रेमी जसले कहिल्यै हारेनन् , उहि बने गाउँपालिकाका प्रमुख



अनिल खत्री,गुल्मी ।
जसले ३ पटक गाविस अध्यक्ष बनेका थिए उहि ब्यक्ति गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् । एमाले गुल्मीका अध्यक्ष समेत रहेका मधुकृष्ण पन्त गाउँपालिका प्रमुमा निर्वाचित भएका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका प्रमुखमा पन्तले कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै निर्वाचित भएका छन् । पन्तले ५ हजार ५ सय ५१ मत ल्याएर बिजयी भएका छन् भने उपप्रमुखमा एमालेकी नर्मदा भण्डारी निर्वाचित भएकी छन् उनले ५ हजार ४ सय ७६ मत ल्याएर निर्वाचित भएकी छन् ।

गाउँपालिका प्रमुखमा कांग्रेसका अनन्तराम पौडेल ५ हजार १ सय १४ र माओवादीका रामप्रसाद पाण्डे ४ हजार ७ सय ३६ मत ल्याएर पराजित भएका छन् । उक्त गाउँपालिकामा एमालेले ४ वडामा र २ वडामा कांग्रेसले बडा अध्यक्षमा प्यानलै बिजयी भएका छन् ।

तिन पटक गाविस अध्यक्ष बने
एमालेबाट प्रमुख पदमा निर्वाचित पन्त उनको इतीहासमा ३ पटा सम्म गाविस अध्यक्षमा निर्वाचित अध्यक्ष हुन् । २०४४ सालमा जनपक्षिक उम्मेदवार बनेका पन्तले तत्काली समयमा राजेन्द्र पन्तलाई हराउँदै हर्दिनेटा गाविसको अध्यक्षमा निर्वाचि भएका थिए ।

पन्त त्यसपछीको निर्वाचन २०४९ सालमा सम्पन्न स्थानिय निर्वाचनमा एमालेबाट गाविस अध्यक्षमा उम्मेदवार बनेका थिए । उनले सोहि गाविसको अध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका तुल्सी पन्तलाई हराउँदै गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पन्त निरन्तर एमालेको बिभिन्न पद तथा बिभिन्न संगठनमा रहदै जनताको सेवा गर्नु पर्छ भन्ने सोचले अगाडी बढने जनप्रतिनिधि थिए ।

उनले निर्वाचित समयमा बिभिन्न बिकास निर्माणका कामहरु गरेकाले पुन २०५४ सालमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा पनि एमालेबाटै गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पन्तले उक्त निर्वाचनमा कांग्रेसबाट गाविस अध्यक्षमा उम्मेदवार बनेका नारायण पन्तलाई पराजित गराउँदै निर्वाचित भएका थिए । पन्त हालै सम्पन्न स्थानिय तह निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले हाल कांग्रेस माओवादीको कडा प्रतिस्पर्धाका बिच अध्यक्षमा निर्वाचित भएका हुन् । ाल उक्त गाउँपालिकामा हर्दिनेटा, हुँगा, खज्याङ्ग, पल्लीकोट, दौघा, दिगाम गरि गाउँपालिका बनेको छ ।

बिकास प्रेमी भनेर चिन्छन्
एमाले गुल्मीका अध्यक्ष र निरन्तर गाबिस अध्यक्षमा निर्वाचित भएका ब्यक्तिलाई पुनः निर्वाचित गराउन हुदैन भन्दै एउटा शक्ति लागे पनि त्यो सफल हुन सकेन् । एमाले गुल्मीको दुई कार्यकाल मध्ये उपाध्यक्ष र अध्यक्ष पदमा बसेर जिल्लाको नेतृत्व समालेका पन्त एक निडर र इमान्दार नेताका रुपमा लिन्छन् ।

उनलाई त्यस क्षेत्रका जनताले बिकास प्रेमी नेताका रुपमा लिने गरेको एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपाली बताउछन् । पद र प्रतिस्ठा भन्दा सधै समाजसेवालाई उच्च मुल्याङकनमा राखेर अघि बढने पन्तको सोच रहेको छ ।

परिर्वतनको पक्षमा मत
निर्वाचित भइसकेपछी पन्तले जनताले बिकासको पक्षमा, परिर्वतनको पक्षमा मत दिएर भारी बोकाएकाले त्यो भारी सम्बन्धी ठाउँ सम्म बोकेर लैजाने बताए । अहिले जितेर बोल्नु भन्दा मैले केहि गरेर देखाउने छु पन्तले भने ‘हामी निर्वाचित भएको रा जगर्नलाई हैन जनताको समृद्धि, परिर्वतन ल्याउन हो ।’

उनले ‘हामी केहि गर्ने गरि सोचका लिएर आएका छौ त्यसको अनुभुती हुनेगरि कामले देखाउने सोच छ ।’ एमालेबाट प्रमुखमा निर्वाचित उक्त गाउँपालिका कांग्रेस नेता चन्द्र भण्डारीको गाउँपालिका पनि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्