रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा एमाले बिजयी



रामधन राई,खोटाङ ।

प्रमुख तीन दलबीच तीब्र प्रतिस्पर्धा भएको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको मेयर तथा उपमेयर पदमा अन्ततः नेकपा एमालेले बिजय प्राप्त गरेको छ ।

१५ वडा भएको नगरमा खसेको १७ हजार ४४ मत मध्ये ५ हजार ३ सय ४३ मत प्राप्त गर्दै मेयरमा दिपनारायण रिजाल र ५ हजार ३ सय ६७ मत प्राप्त गर्दै उप मेयर पदमा बिणादेबी राईले बिजय हासिल गर्नुभएको हो ।

रिजालको निकटतम प्रतिद्वन्दी राजनशेर राईले ४ हजार ७ सय १८ मत प्राप्त गर्नुभयो भने माओबादी केन्द्रकी उम्मेदवार दुर्गाजयन्ती राईले ४ हजार ४ सय ३४ मत प्राप्त गरी तेश्रो स्थानमा रहनु भयो । यस्तै उपमेयर पदका बिजयी बिणादेबी राईको निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका प्रत्यासी होमकाजी आचार्य(बिनोद)ले ४ हजार ६ सय २७ मत ल्याउनुभयो भने कांग्रेसका कुन्ता केसीले मत ल्याई तेश्रो स्थानमा रहनु परेको छ ।

गणनाको शुरुवातदेखि अग्रता लिएको माओबादी केन्द्र अन्तिम चरणमा १४ नम्बर वडामा पर्ने बुइपाको मत परिणाम पछि पछाडी परेको थियो ।

१५ वडामध्ये २ नम्बर सोल्मा, ४ नम्बर खाल्ले , ८ नम्बर दोर्पा, ९ नम्बर निर्मलीडाडाँ, १४ नम्बर बुइपा र १५ नम्बर बिजयखर्क गरी ५ वटा वडा एमालेले जितेको छ । यस्तै, वडा नम्बर १ दिक्तेल, ७ नम्बर दोर्पा र ११ नम्बर खार्मीमा कांग्रेसले बिजय गरेका छन् । माओबादी केन्द्रले भने वडा नम्बर ६ नेर्पा, १२ जालपा र १३ नुन्थलामा जित निकालेका छन् ।

वडा नम्बर १० पाथेकामा हँसिया हथौडामा उठेका हँसिया हथौडा र हातले समातेका मसाल चिन्हको गठबन्धन तथा वडा नम्बर ५ लफ्याङमा संघीय समाजबादी फोरम र नयाँ शक्ति नेपालको संयुक्त उम्मेदवारले बिजय हासिल गरेका छन् ।

राप्रपाले वडा नम्बर ३ मा पर्ने बाम्राङमा बिजय पाप्त गरेको निर्बाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्