पर्वतको होस्राङ्गदीमा पहिरोले घर बगायो, ८० बर्षिय बृद्धा सहित तीन बेपत्ता



दुर्गाप्रसाद शर्मा,पर्वत ।
पर्वतको महासिला गाउँपालिका वडा नं १ मा गएराती गएकाो पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना पहिरोमा पुरिएर बेपत्ता भएका छन ।

साबिकको होस्राङ्गदी गाबिस १ का ६३ बर्षिय तीर्थबहादुर मल्लको घर पहिरोले बगाएको हो ।

घर बगाउँदा मल्ल सहित उनकी ८० बर्षिया आमा बेलकुमारी मल्ल र उनकी श्रीमती ५५ बषिया यम कुमारी मल्ल बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।

घरमाथिबाट आएको पहिरोले घर र गोठ पुरेको थियो । घटनास्थलमा इलका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा उद्दार टोली पठाईसकिएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

हुवासबाट तीन घण्टाको पैदल दुरीमा भएका कारण प्रहरी अहिले सम्म पुग्न सकेको छैन । सोही ठाउँका तीलबहादुर मल्लको गोठ समेत पहिरोले पुरिएको छ । घटनास्थलबाट थप जानकारी प्राप्त भएको छैन ।

यता प्रहरीले पोखरा बागलुङ्ग राजमार्गको बिभिन्न स्थानमा गएको पहिरो हटाएर अबरुद्ध राजमार्ग सुचारु गराएको डिएसपी शेखर खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्