रियल स्कूल अफ नेपाल ललितपुर क्षेत्रीय फाइनल सम्पन्न



 

काठमाडौं, (नेस)
रियल स्कूल अफ नेपाल–२०१७ अन्तर्गत मध्यमाञ्चल छैठौं क्षेत्रीय फाइनल सम्पन्न भएको छ। ललितपुरमा भएको क्षेत्रीय फाइनलमा जेम्स हाइयर सेकेण्डरी स्कूल विजेता घोषित भएको हो।

विजयी विद्यालयका सहभागी विद्यार्थीहरू अध्याय शर्मा, स्मिरा सिंह, दिभस डंगोल, आर्जन अधिकारी, प्रशन्न स्थापित र युनिकभक्त श्रेष्ठ रहेका छन्। विजयी विद्यालयले अन्य क्षेत्रीय प्रतिस्पर्धाका विजयी विद्यालय प्रतिस्पर्धासँग गर्नेछ।
प्रतियोगितामा सिनियर तथा जुनियर समूहका क्रियाकलापहरूको विभिन्न विजेता पनि घोषित भए। सातौं क्षेत्रीय फाइनल प्रतिस्पर्धा साउन १ गते पूर्वाञ्चलको बिर्तामोडमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्