बाहिरिइन् विद्या



 

हेटौंडा, (नेस)। पछिल्लो समयमा नेपालकै चर्चित र सानदार रियालिटी सो बन्न सफल नेपाल आइडलमा हेटौंडाको पहिचान बन्दै गएकी विद्या तिवारी अन्तिम चरणमा आएर शोबाट बाहिरिएकी छिन्।

विद्यालय तहदेखि नै गीत गाउन रुचि राख्ने विद्याको सुमधुर स्वर नेपाल आइडलमार्फत् लाखौं स्रोता र दर्शकमाझमा लोकप्रिय बन्दै गएको थियो। शो हेर्ने दर्शक मात्र होइन, शोका निर्णायकलाई पनि उनको स्वरले मन्त्रमुग्ध पारेको निर्णायकले नै बताइरहेका थिए। भोटिङ राउन्डपछि भने उनी बाहिरिएकी छिन्।

हेटौंडाको स्वरलाई पहिचान दिलाएर छोड्ने आँट लिएकी विद्या नेपाली तारा सिजन–२, खोजी प्रतिभाको जस्ता थुप्रै गायन प्रतिस्पर्धामा सहभागी भइसकेकी थिइन्। सानैदेखि गायनमा रुचि राख्ने २३ वर्षीया विद्याले उत्कृष्ट १८ मा पाइला टेकेकी थिइन्। आफ्नो संगीतप्रतिको रुचि अनि सांगीतिक क्षेत्रमा केही गर्न सक्ने साहस बोकेर यस क्षेत्रमा लागेकी उनले अडिसन राउन्डदेखि नै दर्शकको मन जितेकी थिइन् भने निर्णायकमा पनि राम्रो छाप पारेकी थिइन्। शोमा उनले एकल स्वरमा गाएको सम्हाली राखे मैले बोलको गीत होस् वा युगलरूपमा गाएको म यस्तो गीत गाउँछु बोलको गीत होस्, सबै गीतले निर्णायक र दर्शकको मन जित्न सफल भए पनि दर्शकको भोटिङबाट उनी बाहिरिन बाध्य भइन्।

प्रतिक्रिया दिनुहोस्