सत्यवती गाउँपालिकाको प्रमुखमा कांग्रेस उपप्रमुख एमाले उम्मेदवार निर्वाचित



अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार प्रमुखमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा कांग्रेसका पारिश्वर ढकाल रहेका छन् । उनले ५ हजार १ सय ९७ मत ल्याएर बिजयी भएका छन् ।

उपप्रमुखमा भने एमालेकी सुर्वण साहि निर्वाचित भएकी छन् । उनले ५ हजार ४ सय ४९ मत ल्याएर बिजयी भएकी छन् । प्रमुखमा एमालेका अम्मर सिंजापतीले ५ हजार १ सय ३३ मत ल्याएर पराजित भएका छन् ।

यस्तै उपप्रमुखमा माओवादीकी टोपला अर्यालले ४ हजार ९ सय ५५ मत ल्याएर पारजित भएकी छन् । गुल्मीमा हाल सम्म ९ स्थानिय तहको नतिजा सार्वजनिक भएको छ भने ३ तहको बाँकी रहेको छ । सार्बजनिक तह मध्ये एमालेले ५ तह र कांग्रेसले ३ तह र माओवादी गठबन्धनले १ तह निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्