रौमाई र उदयपुरगढी गाउँपालिकामा एमाले विजयी



 

गाईघाट, (उदयपुर), १७ असार । जिल्लाको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार मानबहादुर मगरले चार हजार ४२५ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

यस्तै, उपाध्यक्षमा एमालेकै उम्मेदवार सानु राउतले चार हजार ४३ मत प्राप्त गरेर विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय, उदयपुरले बताएको छ ।

उहाँहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर खड्काले तीन हजार ४८१ र उपाध्यक्षमा जनुका राईले दुई हजार २७०५ मत प्राप्त गर्नुभयो ।

यता जिल्लाकै रौमाई गाउँपालिकामा पनि एमालेका अध्यक्षका उम्मेदवार गजेन्द्र खड्काले चार हजार ४८१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका वीरेन्द्र मगरले चार हजार २९४ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा एमालेकै कुमारी ठकुरीले चार हजार ७५६ मतका सात विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमकी गङ्गादेवी राईले तीन हजार २३८ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्