धनकुटा नगरपालिकामा एमाले विजयी



धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ निर्वाचित भएका छन् ।

कांग्रेसका दिनेश राईलाई १ सय १४ मतले हराउँदै तामाङ निर्वाचित भएका हुन् । तामाङले ४ हजार ९ सय ३३ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी राईले ४ हजार ८ सय १९ मत पाए ।

उपमेयरमा पनि एमालेकै शकुन्तला बस्नेत निर्वाचित भइन् । उनले ५ हजार ४ सय ६४ मत पाइन् भने कांग्रेसकी रेणु श्रेष्ठले ३ हजार ६ सय २३ मत पाइन् ।

नवनिर्वाचित मेयर तामाङ २०४९ सालमा धनकुटाकै १ नम्बर वडाका वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्