ताप्ली गाँउपालिका प्रमुख र उप प्रमुखमा एमालेले खाता खाल्यो



एमालेले १० काग्रेस र माओबादी केन्द्रका ६ र ७ वडाध्यक्ष बिजयी
कुशलबाबु बस्नेत, उदयपुर ।

स्थानीय तह निर्बाचन अन्तरगत उदयपुरको ताप्ली गाँउपालिकामा २३मतले स्वतन्त्र उमेदवारलाई पछि पार्दै एमालेका उद्धवसिंह थापा प्रमुखमा र उप प्रमुखमा एमालेकै कमलामाया राई बिजयी भएका छन् । थापाले १२सय९१ र राईले १८२१ मत साथ बिजयी भएका हुन । प्रमुख थापाका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उमेदवार पदमबहादुर तामाङ्गले १२सय ६८ मत प्रप्त गरेका थिए । पाँचवटा वडा रहेको उक्त गाँउपालिकामा वडानम्बर १,२,३मा एमालेका गोबिन्द बिक्रम सेन, धर्मध्यवज राई, सारदा लुङ्गेली र वडानम्बर ४र५मा माओबादी केन्द्रका चित्रबहादुर मगर र फत्तबहादुर सिंह ठकुरी बिजयी भएका छन ।

 

उक्त परिणम सहित एमालेका १० वडाध्यक्ष काग्रेसका ७ वडाध्यक्ष र माआबादी केन्दका ६ वडाध्यक्ष बजयी भएका छन् । चार नगरपालिका र चार गाँउ पालिका रहेको उदयपुरमा बाँकी सात स्थानको मत परिणाम आउने क्रममा छ । शुक्रबार साझ सम्म बेलका नपामा एमालेका मेयर दुर्गाकुमार थापा १हजार १सय ४६,उपमेयर राजकुमारी चौधरी १ हजार ३सय ४०, नेपाली काग्रेसका मेयर अशोक कार्की १ हजार आठसय ४९ उपमेयर दिपाकुमारी राइ १हजार ६सय ३१ ,माओबादी केन्द्रका मेयर रमण भट्टराई ४सय३६,उपमेयर गंगासरी राई ४सय४१ मत पाएका छन् ।यसैगरी चौदण्डी नपामा काग्रेसका मेयर खगेन्द्र राई १हजार ५सय ३, नेकपा माओबादी केन्द्र मेयर कुमारसिंह कार्की १हजार १६ ,एमालेका मेयर नरेन्द्र राउतका १हजार २सय ३८मत पाएका छन् ।

 

यसैगरी त्रियुगा नपामा एमालेका मेयर बलदेब चौधरी १हजार १सय६१, काग्रेसका मेयर बसन्त बस्नेत १हजार २सय १८ माओबादी केन्द्रका मेयर किरण राईले १हजार दुई सय ८४, कटारी नपामा माओबादी केन्द्रका मेयर केपी बरालले १हजार एक सय ७०,एमालेका मेयर ज्ञानेन्द्र श्रेष्ठले १हजार १सय ४५,काग्रेसका ज्ञानेन्द्रमानसिंह राउतले १हजार ५मत प्राप्त गर्नु भएको छ । सातैवटा स्थानीय तहमा अन्य दलहरुको मत सामान्य भएपनि तिनदलबिच कडा प्रतिस्प्रधा देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्