नारायणगढ-मुग्लिन सडकखण्ड दुई दिनपछि खुल्यो



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड ३६ घन्टापछि खुलेको छ। शनिबार बिहान सवा आठ बजेदेखि बन्द भएको सडकखण्ड शनिबार साँझ साढे ६ पछि खुलेको हो। ईच्छाकामना गाउँपालिका ६ को कालिखोलामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। ठूलो चट्टान हटाउन समय लागेकाले ढिला गरी सडक खुलेको चितवनका एसपी दीपक थापाले जनकारी दिनुभयो। सडक खुले पनि दुई तर्फी जाम रहेकाले सहजै सवारी आवगमनका लागि समय लाग्ने प्रहरीले जानकारी दिएको छ। लामो समय बाटो अवरुद्ध हुँदा पूर्वका लागि हेटौडा र पश्चिमतर्फका सवारी साधन पोखराबाट राजधानी पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्