दिप्रुङ गाउँपालिकामा काँग्रेस



 

खोटाङ, १७ असार । दिप्रुङ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

दिप्रुङको अध्यक्षमा काँग्रेसका भूपेन्द्र राई दुई हजार ९०२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अर्जुन रोकाले एक हजार ८०२ मत प्राप्त गर्नुभयो ।

सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी सपना राईले दुई हजार २५१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्वी एमालेकी अम्बिका राईले एक हजार ९८१ मत ल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्