ओलीको गृहनगर दमकमा पुनः मतगणनामा विवाद



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा उम्मेदवारले बराबरी मत ल्याएको विषयको विवाद बल्झिँदा पुनः मतगणना रोकिएको छ।

वडा नम्बर १ मा नेकपा एमालेका हरि न्यौपाने र राप्रपाका तारा अधिकारीको मत बराबर (८०१) भएपछि उन्पन्न विवाद दुवैको पुनः मतगणना गर्ने सहमतिमा टुंगिए पनि आज विवाद बढेको हो।

दुई पार्टीका वडाध्यक्षको मात्र पुनः मतगणना गर्ने विषयमा हिजोको सर्वदलीय बैठकले सहमति गरेको थियो । आज फेरि मतगणना थाल्न लाग्दा एमाले बाहेकका अन्य दलले दुई दलको मात्र नभई सबै दलका वडाध्यक्षको पुन मतगणना गर्नुपर्ने जिकिर गरेपछि विवादित वडाको मतगणना अझै हुन नसकेको निर्वाचन अधिकृत वेदप्रसाद फुयाँलले बताए।

प्रतिक्रिया दिनुहोस्