आफ्नै १७ बर्षिय किशोरी छोरीसंग सम्बन्ध राख्न लगाएर अपहरण र हत्या गरीएको रहस्य खुल्यो (फोटो फिचर)



केही दिनदेखि बेपत्ता दाङको व्यापारी राजकुमार श्रेष्ठको शुक्रबार शव फेला परेको छ । श्रेष्ठलाई निकै लामो समयको योजनापछि नाटकीय ढंगले जालमा फसाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले शुक्रबार घटनामा संलग्न भई पक्राउ परेका केहीलाई सार्वजनिक गर्दै अपहरण र हत्यामा बाबुुछोरी लगायतको समूह नै संलग्न रहेको र अपहरणको मुख्य उद्देश्य मोटो रकम फिरौतिको रुपमा असूल गर्नु रहेको देखिएको प्रष्टाएको हो ।

अपहरणका मुख्य योजनाकार तुल्सीपुर ६ का ४० वर्षीय निर्मल भनिने टिकाराम घर्तिले आफ्नी १७ वर्षीया छोरी पूजा र अन्य एक किशोरीलाई प्रयोग गरी व्यापारी श्रेष्ठलाई जालमा पारेको र समूह नै मिलेर अपहरण गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एक प्रहरी अधिकृतकाअनुसार पूजाले श्रेष्ठसँग सुरुवातमा हिमचिम बढाएकी थिइन् । जेठ २६ गते श्रेष्ठलाई सल्यान घुम्न भन्दै बोलाएको र अर्की एक केटीसाथीसहित श्रेष्ठकै कारमा चढेर करिब एकघण्टाको बाटो पार गरेपछि योजना अनुसार बाटोमा तैनाथ अन्यको सहयोगमा उनको अपहरण भएको देखिएको छ ।

अपहरणकारीहरुले श्रेष्ठको मुक्तिका लागि ३ करोड फिरौति मागेका थिए । श्रेष्ठ परिवार ३ करोड दिन सहमत भइसकेको थियो । तर, घनाजंगलमा श्रेष्ठ बिरामी परी अचेत भएपछि सबै फसिने डरले अपहरणकारीहरुले हत्या गरेको बयान दिएका छन् । व्यापारी श्रेष्ठ ब्लड प्रेसर र सुुगरका बिरामी थिए । अपहरणको तीन दिनसम्म औषधि नखाएका उनी जंगलको लामो हिडाईपछि बेहोस भएका र अपहरणकारीहरुले नै ढुंगाले किचेर विभत्स ढंगले हत्या गरेका देखिएको छ ।
को–को थिए संलग्न ?
अपहरणमा परेका तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा सँलग्न केहीलाई प्रहरीले शनीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।

असार २६ गते अपहरण भएका श्रेष्ठको शबलाई प्रहरीले शनिबार बिहान मात्र फेला पारेको हो । हत्यामा सँलग्न भएका भनिएका तुलसीपुर १२ का कमल भन्ने अबिरल महतराको बयानको आधारमा व्यापारी श्रेष्ठको शब हत्या गरेको अबस्थामा सल्यानको क्षत्रेश्वरी गाँउपालिका वार्ड नम्बर ४ झिम्पेरेन्जको जँगलको ओडारमा फालेको अबस्थामा फेला पारेको थियो ।

पत्रकार सम्मेलनमा अञ्चल प्रहरी प्रमुख ज्ञानबिक्रम शाहले हत्यामा सँलग्न भनिएका महतराले आफूू समेत हत्या भएको स्थानमा रहेको बयान दिएका थिए । अनुसन्धानमा सँलग्न सिआईबीका एसपी दिनेश लोहनीले व्यापारी श्रेष्ठको अपहरणपछि जेठ २९ गते नै हत्या भइसकेको थियो ।

अनुसन्धानको क्रममा श्रेष्ठको हत्याको मुख्य कारण पैसा नै भएको देखिएको छ ।
पत्रकार सम्मेलनममा जानकारी गराउदै घटनाका मुख्य योजनाकारहरु सल्यान झिम्पे ४ का बर्ष ३५ का मानबहादुर भण्डारी, जिल्ला दाङ शान्तिनगर हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ का बर्ष ४० को निर्मल भन्ने टिकाराम घर्ती, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ बस्ने बर्ष १७ की पुजा घर्तीमगर र जिल्ला दाङ घोराही उपमहानगरपालिका वार्ड नम्बर १४ नयाँ बजार बस्ने बर्ष ३८ की जमा पुन रहेको प्रहरीले बताएको छ । घटनामा ७ जना संलग्न भएका र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्