बाजुरामा सात स्थानीय तहको मतपरिणाम आयो



दयाराम पण्डित, बाजुरा
बाजुराका नौं वटा स्थानीय तह मध्ये सात तहको मतपरिणाम आईसकको छ । । दुई नगरपालिका सहित दुई गाउँपालिका मा नेपाली कांग्रेसको विजयी भएको छ । भने तिन गाउँपालिका मा एमाले वीजयी भएको छ ।

 

भरखरै प्राप्त पछिल्लो मत परिणाम अनुसार त्रिबेणी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामसिंह रावल ले ३३६५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका जंग बुढाले २१९४मत प्राप्त गरेकाछन् । त्यसैगरी उपमेयरका उम्मेदवार राधिका सुनार जो एकल महिला पनि हुन् । ३३९२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम् प्रतिद्धन्दी नेकपा एमाले की पार्वती थापाले २०७० मत प्राप्त गरेकी छन् त्रिबेणी नगरपालिकामा आठ वडा अध्यक्ष सहित मेयर उपमेयर जितेको छ भने । माओवादी केन्द्रले १ वडाअध्यक्ष जितेको छ । नेकपा एमाले भने त्रिबेणीवाट निल भएको छ । माओवादी केनद्र ले अहिले सम्म बाजुरामा २ वटा जित्न सफल भएको छ।

 

त्यसैगरी स्वामी कार्तिक गाउँपालिकामा नेकपा एमालेका चिरन्जीवी शाहीले २४५९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका भरतवहादुर रोकायाले १७५६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा मिमा बुढाले २३६० मत ल्याई विजयी भएकी छन् ।भने उनकी निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसकी १६९९ मत प्राप्त गरेकी छन् । उममेयरमा नेकपा एमाले की मिमा बुढा उपाध्यक्ष सहित तिन वडा एमाले ले र दुूई वडा नेपाली कांग्रेसले विजयी हात पारेको छ ।

 

बांकी रहेका नगरपालिकाको पनि संीाप्त मततपरिणम आर्यरहेको छ । अहिले सम्मको मत परिणम अनुसार दुवै स्थानयि तह बुढिगंगा नगरपालिका र बुढिनन्दा नगरपालिका मेयर उपमेयरमा नेपाली कांग्रेसले नै अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्