मेन्छ्यायेम गाउँपालिकामा एमाले विजयी



 

तेह्रथुम, १७ असार । मेन्छ्यायेम गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा विजयी एमालेका यादवबहादुर खापुङले एक हजार ६८३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउबहादुर लिम्बूले एक हजार ४९६ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्ष पदमा भने काँग्रेसकी गीतादेवी तिम्सिना विजयी हुनुभएको छ । उहाँले एक हजार ४८६ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शङ्करले एक हजार ४२० मत प्राप्त गर्नुभएको थियो ।

मेन्छ्यायेम गाउँपालिकाका वडा नं १, २, ३ र ४ मा काँग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्