बझाङ अपडेट, १२ वटा स्थानिय तहमध्ये ८ वटा स्थानिय तहमा मत गणना सम्पन्न



ललित सिह, बझाङ्ग ।
बझाङका १२ वटा स्थानिय तहमध्य ८ वटा स्थानिय तहको मत गणना सकियको छ । भने बाँकी १ नगरपालिका र ३ वटा गाउपालिकाको मतगणना चलिरहेको छ । अहिले छविस पाथेभेरी, केदारस्यु खप्तड छान्ना, गाउपालिका र जयपृथ्वी नगरपालिकाको मतगणना भई रहेको छ ।

जस अन्र्तगत ५ वटा स्थानिय तहमा ने.क.पा एमालेले विजयि हासिल गरेको छ भने ३ वटा मा काग्रेसले जित हासिल गरेको छ । दुर्गा थलि, थलारा, मष्टा, वित्थडचिर, तलकोट गाउपालिकामा नेकपा एमालेले विजयि हासिल गरेको छ भने बुङगल नगरपालिकामा, काडा गाउपालिका र सुर्मा गाउपालिकामा नेपालि काँग्रेस विजयि भएको छ । जयपृथ्वी
नगरपालिकाका
जयपृथ्वी नगरपालिकाको वडा नं. १, २ ४, ३, ५ र ६ को नतिजा आईसकेको छ । वडा नं. १ मा नेकपा एमालेका वडा अध्यक्षमा गगन बहादुर सिंह २४६ मत सहित बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार देवि जङ बहादुर सिंहले १२१ मत ल्याएर पछि पर्नुभयो । वडा नं २ मा नेपालि काँग्रेसका शुक्रराज जोशी र वडा नं. ३ मा नेकपा एमालेका वडाअध्यक्ष उम्मेद्वार कलक ओली बिजयी हुनु भएको छ ।

वडा नं ४ मा नेपालि काग्रेसका गगन खाती, वडा नं ५ मा नेपालि काग्ेसकै डम्मर ब सिंह विजयि भएका छन् भने वडा नं ६ मा माओवादि केन्द्रका नरेन्द्र बहादुर सिंह विजयि भएका छन् । नगरपालिकाको मेयरमा नेकपा एमालेका विरेन्द्र खडकाको १५३५ तथा उप मेयरमा १५३७ मत प्राप्त गर्नु भएको छ । नेपालि काँग्रेसका चेतराज बजालको १४७४ र उप मेयरमा अमृता देवी सिंहको १४८६ प्राप्त गर्नु भएको छ । यसरी नगरपालिकाको प्रमुखमा ५४ मतले एमाले अगाडि रहेको छ ।
छविस पाथेभेरी गाउपालिकाको प्रमुखमा नेकपा एमाले १ सय मतान्तरले अगाडि
छविस पाथेभेरी गाउपालिकाको वडा नं १ र २ नेकपा एमालेको संयुक्त प्यानल विजयि भएको छ । वडा नं १ मा ने.क.पा एमालेका नयन बोहराको ३६५ उहाँका प्रतिद्धन्दी माओवादि केन्द्रका देव गिरीको २९४ रहेको छ ।

वडा नं २ मा वडाध्यक्ष पदका उम्मेदवार विकास अयडिले २५३ तथा उहाँका निकटम प्रतिद्धन्दी नेपालि काग्रेसका विनोद रावलले २५१ मत प्राप्त गर्नु भएको छ । गाउपालिकाको प्रमुखमा नेकपा एमाले १ सय मतान्तरले अगाडि रहेको छ । नेकपा एमालेको तर्फ बाट अध्यक्ष पदका उम्मेदवार अक्कल धामीको ६३५ नेपालि काँग्रेसका झलक कठायतको ५३० र माओवादि केन्द्रका लोकेन्द्र सिंह धामीको ३३० मत रहेको छ । उप प्रमुख तर्फ नेकपा एमालेका राधिका देवी रतालाको ५३१, नेपालि काँग्रेसकी कलसा देवी सिंहको ३४९ र माओवादी केन्द्रकी महेश्वरी को २०७ मत रहेको छ ।
खप्तड छान्ना गाउपालिका
खप्तड छान्ना गाउपालिकाको वडा नं १ मा नेकपा एमालेका हिक्मत खत्रि, वडा नं २ मा माओवादि केन्द्रका डबल सिंह, वडा नं ३ मा नेपालि काग्रेसका मंगल सुनार वडा नं ६ मा काँग्रेसका तिलक खडका, वडा नं ७ मा राम ब सिंह विजयि हुनु भएको छ भने वडा नं ४ र ५ को मतगणना जारी रहेको छ । गाउपालिकाको प्रमुखमा १ सय मतले काँग्रेसको अग्रता रहेको छ । नेपालि कागे्रृसका बर्क रोकायाको १५३८ र एमालेका मिश्र रोकायाको १४२२ रहेको छ ।

सुर्मा गाउपालिका

सुर्का गाउपालिकाको प्रमुखमा नेपालि काग्रेसका नर बहादुर बोहरा १७४८ र उप प्रमुखमा सुमिता पुजारा १७४१ मत सहित विजयि हुनु भएको छ । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका शेर बहादुर बोहराको १६४६ र माता देवी बोहराको १६९५ रहेको छ । सुर्मा गाउँपालिकाको ५ वडा मध्ये ३ नम्बरमा एमाले तथा १, २, ४ र ५ मा कांग्रेस विजयी भएको छ ।

बझाङको बुंगल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका धनबहादुर विष्ट विजयी हुनु भएको छ । उहाँले ५ हजार २५९ मत ल्याएर विजयी हुनु भएको हो । एमालेका धनबहादुर बोहराले ४ हजार ५ सय २३ मत ल्याउनुभयो । यस्तै उपमेयरमा पनि कांग्रेसकै मीना देवी बोहरा जाग्री ५ हजार ३६० मत ल्याएर विजयी हुनु भएको छ । एमालेकी धनदेवी कुँवरले ४ हजार ५८९ मत ल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्