चुनाव र परिणाम ?



स्थानीय निकायको निर्वाचन सम्पन्न भएको भोलिपल्टबाट मतपरिणामका बारेमा विभिन्न मिडियामा आएको परिणामले धरहरालाई नै कन्फ्युज बनाएको छ। नेपालमा च्याउ उम्रेझैं उम्रेका मिडियाले दिएको तथ्याङ्कले कुन दल कहाँ अगाडि भन्ने विषयमा धरहरा अन्योलमा परेको हो।

मिडियाले सूचना दिएर जानकारी गराउने कि झन् भ्रम छर्ने होला ? भ्रम छर्न त किन मेहनत गर्नुपर्ने होला ? कुरा नबुझेर धरहरा हैरान छ।

सबै मिडियामा आएका समाचार तुलना गर्ने हो भने त झन् पागल हुनुपर्ने अवस्था छ। जनताको आँखा मिडिया हुनुपर्नेमा झन् दिग्भ्रमित त पार्नु भएन नि होउ भनेर धरहरावरपर धेरैले गन्थन गरेको यसले पनि सुन्यो है पाठकबृन्द यहाँहरुको पनि केही भन्नु छ कि ?

प्रतिक्रिया दिनुहोस्