अब देउवाको शाख रहला त ? आफ्नै गृह जिल्लामा यसरी पछारीए शेरबहादुर



नेपाल समाचारपत्र, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको खुसी बाँडेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको शेख अब कसरी बँकी रहला भन्ने चिन्ता कांग्रस भित्रका उनका समर्थकमा बढेको छ । उनी आफ्नै गृहजिल्ला डडेल्धुरामा कमजोर भएपछि उनिमाथि शंकटको घडी देखापरिेको हो ।

२०४६ सालपछि भएका सबै संसदीय चुनावमा डडेल्धुरामा हार्न नपरेका देउवालाई यसपटक ठूलै धक्का लागेको छ । डडेल्धुरामा उनीसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार नै छैनन् पनि भन्ने गरीने अबस्था अब तोडीन लागेको छ । तर अब भने गृहजिल्ला डडेल्धुरामा देउवाको प्रभाव कमजोर हुँदै गइरहेको विश्लेषण समेत भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसलाई डडेल्धुरामा पहिलो दल बन्न त्यति सजिलो छैन ।

नेपाली कांग्रेसले आफ्नो गढ भनेर दावी गर्ने डडेल्धुरा सदरमुकाम रहेको अमरगढी नगरपालिकाको नेतृत्व गुमाइसकेको छ । अमरगढीको मेयरमा एमालेका विशेश्वर प्रसाद ओझा र उपमेयरमा एमालेकै संगिता भण्डारी विजयी भईसकेका छन।

जिल्लाको अर्को नगरपालिका परशुरामको नेतृत्व पनि कांग्रेसको पक्षमा नहुने निश्चित । आधाजति मतगणना भइसक्दा परशुरामको मेयरमा माओवादी केन्द्रका शेरसिंह मालले अग्रता लिइरहेका छन् भने उनलाई नेकपा एमालेका तारिसिंह बोहराले पछ्याइरहेका छन् । कांग्रेसका भीमबहादुर साउँद भने तेस्रो स्थानमा छन् ।

गाउँपालिकामध्ये अहिले आलीताल र देउवाको आफ्नै घर रहेको गन्यापधुरमा मात्रै कांग्रेसको अगाडी छ । अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार उमेशराज भट्ट विजयी भइसकेका छन् । भागेश्वर र नवदूर्गा गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ । यी दुई गाउँपालिकामा कहिल्यै कांग्रेस त कहिल्यै एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्