पुर्वी रुकुम ३ वटै गाँउपालिकामा माओबादी केन्द्र बिजयी



धनवीर दाहाल, रुकुम ।
पुर्वी रुकुमका ३ वटै गाँउपालिकामा माओबादी केन्द्रले बिजयी हासिल गरेको छ । सिस्ने गाँउपालिकामा नेकपा माओबादी केन्द्रका अध्यक्षका उम्मेदवार कुमारी बरालले ३२९६ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नन्दलाल शर्माले २४७१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा पनि माओबादी केन्द्रकै गोर्वद्धन बुढाले ३२२६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका लक्षिराम घर्तीले २१६७ मत प्राप्त गर्नुभएको छ । ८ वटा वडा रहेको सिस्ने गाँउपालिकामा २ वटामा नेकपा एमालेले बिजय प्राप्त गरेको छ भने बाँकी ६ वटा वडामा माओबादी केन्द्र बिजय भएको छ । वडा नं ६ मा नेकपा एमालेका पुर्णजंग मल्ललाई १ मतले पछि पार्दै माओबादी केन्द्रका सुधन रेग्मी बिजयी भएका छन् ।

 

भुमे गाँउपालिकामा माओबादी केन्द्रका अध्यक्षका उम्मेदवार रामसुर बुढाले ३४८२ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गञ्जसिंह बुढाले १६३४ मत प्राप्त गर्नुभएको छ । यसै गरी उपाध्यक्षमा पनि माओबादी केन्द्रकै मनकुमारी बिष्टले ३४९२ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका कमला बुढाले १३४६ मत प्राप्त गर्नभएको छ । ९ वटा वडा रहेको भुमे गाँउपालिकामा वडा नं ४ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ भने अरु ८ वडामा माओबादी केन्द्रकै प्यानल बिजयी भएको छ ।

 

यसै गरी पुथाउत्तरगंगा गाँउपालिकामा पनि माओबादी केन्द्र बिजयी भएको छ । अध्यक्षका उम्मेदवार ओमप्रसाद घर्तीले २५५१ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भिउमान घर्तीले १२६३ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि माओबादी केन्द्रकै ओमकुमारी शाही मल्लले २६३१ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सिता घतानेले १४८१ मत प्राप्त गर्नुभएको छ ।

 

१४ वटा वडा रहेको सो गाँउपालिकामा वडा नं ७ र ९ मा नेपाली कांग्रेसको प्यानल र वडा नं १० र १४ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ भने अन्य वडामा माओबादी केन्द्र बिजयी भएको छ । पुर्वी रुकुमका ३१ वडा मध्य ४ वडामा एमाले,३ वडामा कांग्रेस २४ वडामा माओबादी केन्द्रले बिजयी हासिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्