बाजुराको बडिमालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेसले विजयी भएको छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका गगनबहादुर रावलले बडुवालभन्दा ३८ मत कम अर्थात् २ हजार ९ सय २ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्