बिराटनगरमा मतगणना सुरु नहुँदै मतपेटिकासम्बन्धी विवाद



बिराटनगर । बिराटनगर महानगरपालिकाको मतगणना सुरु नुहँदै मतपेटिकाको शिल तोड्ने विषयमा विवाद भएको छ ।

अपरान्ह ४ बजेपछि मतगणना सुरु गर्न कर्मचारीहरुले मतपेटिकाको शिल तोड्नै लाग्दा संघीय समाजवादी फोरमका उम्मदेवारले आपत्ति जनाएका थिए ।

 

बुधबार मतपेटिकाको शिलबन्दै गर्दैगर्दा तयार पारिएको मुचुल्का नदेखाई शिल तोड्न नपाइने फोरमका नेताहरुले बताएका थिए । र, यसमा अन्य दलको पनि समर्थन छ ।

शिल तोड्नेबारे उत्पन्न विवादलाई मिलाएर मतगणना गर्ने प्रयासमा निर्वाचन आयोगका कर्मचारीहरु लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्