गुल्मीमा एमाले नेतृ झाँक्री पक्राउको घटना पर्दाफास, प्रहरी समेत कुटीएको खुलासा



काठमाडौं । गुल्मी मदाने गाउँपालिका अन्तर्गत म्यालपोखरी मतदान केन्द्रमा मतदान सकिएपछि कांग्रेस प्रनिधिमाथि खुकुरी प्रहार भएको खबर अनलाईन माध्यममा आएपछि एमाले नेतृ रामकुमारी झाँक्रिले नेपाल समाचारपत्रसँग कुरा गर्दै घटनालाई अतिरञ्जीत गरीएको बताउनुभएको छ ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई प्रहरीले नियन्त्रणाम नलिएको समेत बताउनुभएको छ । नेपाली कांग्रेसले रामकुमारी झाँक्री सहितका एक दर्जन एमाले नेताकार्यकर्ताको नाममा किटानी जाहेरी दर्ता गराएको खबर सञ्चार माध्यममा सार्वजनीक भएको थियो । ।

इलाका प्रहरी कार्यालय पुर्कोट दहमा घटनाका बारेमा बुझ्न र समस्या समाधानको उद्देश्यले गएको र आफूलाई पक्राउको खबर बनाइएको आरोप समेत लगाउनुभएको छ ।

के हो त खुकुरी हानेको काण्ड
नेकपा एमालेकी नेतृ राम कुमारी झाँक्रीले नेपाली कांग्रेसले रक्सी खाएको गुण्डा हेराम भनीने रातेलाई आफै घटना घटाएर एमालेमाथी आरोप थुपारेको बताउनुभएको छ । ‘हाम्रा ३ जना साथिहरु त्यही बाटो भएर जाँदा कांग्रेसले आक्रमण गरेको र एमाले कार्यकर्ता घाईते भएका हुन, उहाँले समाचारपत्रको कुराकानीमा भन्नुभयो, ‘कांग्रस माओबादी र राप्रपा मिले पनि हामीलाई जित्न नसकेर उदण्ड मच्चाएका हुन ।’

उहाँका अनुसार मतदान हुँदै गर्दा पनि गुल्मी मदाने गाउँपालिका अन्तर्गत म्यालपोखरी मतदान केन्द्र विद्यालयमा भएकोले माथिको बुथमा केही गर्न नसकेको र तलको बुथमा दिनभर हो हल्ला गरेर बुथ कब्जा गर्न खाजेको र माओबादी कांग्रेसले एमाले माथी आक्रमण गरेका हुन ।

त्यहाँ हेराम भनीने राते जसको बास्तविक नाम हरीराम रहेका कांग्रेसका एजेन्ट घाईते भएका थिए । कांग्रेसले एमाललेले खुकुरी हानेर आफ्ना कार्यकर्ता घाईते बनाएको आरोप लगाएको छ ।

खत्रीको कञ्चटमा गहिरो चोट लागेको बताइएको छ । कांग्रेस कार्यकर्ताहरुले रामकुमारीकै नेतृत्वमा खुकुरी प्रहार गर्ने जस्तो उश्रृंखल काम भएको आरोप लगाएका छन् । मतदान सकिएपछि घर फर्किंदै गरेका खत्रीमाथि एमाले कार्यकर्ताहरुले बाटो कुरेर खुकुरी हानेको कांग्रेसको आरोप छ ।

 

यता नेतृ झाँक्रीले कांग्रेसले प्रहरीको असइृलाई पनि घरपकट गरेको बताउनुभएको छ । खन दहका लेखामा काम गर्ने प्रहरीमाथी कांग्रेस जाईलागेको उहाँको भनाई छ । कांग्रेस कार्यकर्ताहरुले भने प्रहरीले समेत एमालेको पक्ष लिएर आफूहरुमाथि आक्रमण भएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्