राप्रपाकोे बैतडीमा विजयी सुरुवात



विनोद सिंह विष्ट,बैतडी ।
बैतडीको पञ्चेश्वर गाउँपालिका ६ मा राप्रपाको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका इन्द्र भण्डारीले १८४ मत ल्याउनुभयो ।

यस्तै महिला सदस्यमा राप्रपाका सरस्वती पन्त भण्डारीले २४६, दलित महिला सदस्यमा शकुन्तला औजीले २४१, खुला सदस्यहरुमा राप्रपाकै गोविन्दसिंह भण्डारीले २९१ र कृष्णसिंह भण्डारीले २४१ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २ सय मत गनिसक्दा मेयर पदमा राप्रपाका पुष्करराज जोशी लख्खाभाईले ८८, नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ५१,नेकपा एमालेका देवदत्त भट्टले ३३ र नेकपा माओवादी केन्द्रका खीमानन्द भट्टले १० मत ल्याउनु भएको छ ।

यस्तै उपमेयरमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, नेपाली कांग्रेसकी मीना चन्दले ५८, नेकपा एमालेकी सरस्वती नेपालीले २४ र नेकपा माओवादी केन्द्रकी कमला कार्कीले १२ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्