डोटीका स्थानिय तहमा कांग्रेसको अग्रता, जान्नुहोस हालसम्मको मतपरिणाम



डोटी,(नेस) ।
डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसेका मेयरका उम्मेदवार बाजीसिंह खड्काले ३ सय १ मत तथा उप मेयरमा प्रसिस महराले १ सय ९७ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै नेकपा एमालेकी उमेदवार मञ्जु मलासीले ८४,उपमेयर शिबराज खड्काले १ सय ९६ ल्याउनु भएको छ ।

त्यस्तै माओबादी केन्द्रका प्रेम बहादुर नेपालीले ४८ उप मेयर तुलसी सोपले १५ मत ल्याउनु भएको छ ।

मुख्य निर्वाचन अधिकृत नरनारायण पौलेले दिनु भएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालका वडा नं १ मा हालसम्म ६ सय र वडा नं २ मा १ सय मत गणना भैसकेको छ ।

डोटीकै शिखर नगरपालिकामा पनि काग्रेसले अग्रता लिएको छ । काग्रेसेका मेयरका उम्मेदवार सिताराम जोशीले १सय ६६ मत तथा उप मेयरमा धौली देबी रावलले पनि १ सय ६६ मत ल्याउनु भएको छ ।

त्यस्तै एमालेका मेयरका उम्मेदवार शेरबहादुर मल्लले १ सय २, उप मेयरमा राधिका बोहराले पनि १ सय २ मत प्राप्त गर्नु भएको छभने माओबादी केन्द्रका मेयरका उम्मेदवार रमेश जोशीले १४ तथा उप मेयर चन्द्र साँउदले १४ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै डोटीको केआईसिंह गाउपालिकामा पनि काग्रेसले अग्रता लिएको छ । काग्रेसेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र शाहीले २ सय ४२ मत तथा उपाध्यक्षमा मिना विष्टले पनि २ सय ४२ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी एमालेका अध्यक्ष पदका उम्मेदवार यज्ञराज जोशीले १ सय ९मत तथा उपाध्यक्षमा निर्माला जोशीले पनि १ सय ९ मत प्राप्त गर्नु भएको छ भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष पदका उम्मेदवार मिनबहादुर मलासीले १ सय ११ तथा हरिना भण्डारीले पनि १ सय ११ मत प्राप्त गर्नु भएको छ ।

त्यसै गरी डोटीको आदर्श गाउपालिकामा नेकपा एमालले अग्रता लिएको छ । एमालेका अध्यक्षका उम्मेदवार टेकबहादुर रोकायाले ७३ तथा उपाध्यक्षमा कमला ओझाले ७९ मत ल्याउनु भएको छ ।

त्यसैगरी काग्रेसका लक्षणबहादुर सिंहले ६८,उपाध्यक्षमा कृष्णा ओझाले ६१, मओबादी केन्द्रका अध्यक्ष भरत बोहराले १२ तथा उपाध्यक्ष सञ्जा रोकायाले १५ मत प्राप्त गर्नु भएको छ ।

यहाँका अन्य ५ वटा गाउपालिकामा मतगणना चलिरहेको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्