प्यूठानका सबै तहमा मतगणना सुरु, प्रारम्भिक नतिजा अनुसार एमाललेको अग्रता



राधिका भुसाल,प्यूठान ।

अहिले प्यूठानका २ नगरपालिका र ७ गाउँ पािलकामा मत गणना कार्य चलिरहेको छ । प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा भर्खरैबाट मत गणना सुरु भएको छ भने माण्डवी गाउँ पालिकामा प्राप्त जानकारी अनुसार २ सय मत गणना भएको  छ ।

झिमरुक गा.पा., गौमुखी गा.पा., ऐरावती गा.पा., माण्डवी गा.पा.मा मतगणना कार्य चलिरहेको छ भने नौ बहिनी गा.पा. मा मत मत गणना अझै सुरु भएको छैन ।

मध्ययन राती बाटै मत गणना सूरु गरिएको सरुमारानी गाउँपालिकामा एमाले अगाडि देखिएको छ । भने नेपाली कांग्रेसले पछ्याउदै गएको छ ।

एमाले अध्यक्ष : ५२७, उपाध्यक्ष :५१५

ने.का. अध्यक्ष : ३८९ उपाध्यक्ष : ४०२

मा.के. अध्यक्ष : ३७१ उपाध्यक्ष :३६१

सरुमारानी वडा नं. ६ तिराम भने माओवादी केन्द्रको अग्रता कायमै छ ।

माओवादी केन्द्र २७६, एमाले २६७,  कांग्रेस १६५ त्यस्तै वडा १ बांगेशालमा ने.का. अगाडि देखिएको छ । ने.का. २५८, एमाले २४९, मा.के. ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै राती बाटै मत गणना सूरु गरिएको मल्लरानी गाउँपालिकामा पनि एमालेको अग्रता देखिएको छ । एमाले१९१, राजमो १३२, कांग्रेस, १२४ र माओवादी केन्द्रले ९५ मत प्राप्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्