गुल्मीका स्थानिय तहमा मतगणना सुरु



अनिल खत्री, गल्मी ।
दोस्रो चरणमा सम्पन्न स्थानिय तहको निर्वाचनको मतगणना सुरु भएको छ । गुल्मीका १२ वटा स्थानिय तह मध्ये ३ स्थानिय तहमा मतगणना सुरु भएको छ ।

मतगणना भएका ३ स्थानिय तह मध्ये रुरु गाउँपालिकामा एमालले अग्रता रहेक रहेको छ ।

एमालेका प्रमुखलाई ४ सय २६ मत प्राप्त भएको छ भने उपप्रमुख ४ सय ३४ मत प्राप्त भएको छ । सोहि गाउँपालिकामा माओवादी र कांग्रेस तालमेल भएको थियो । तालमेल अनुसार माओवादीका प्रमुख १ सय ८ उपप्रमुखमा १ सय ११ मत रहेको छ ।

छत्रकोट गाउँपालिकामा एमाले प्रमुख २ सय ३६ रहेको भने उपप्रमुखमा २ सय २९ रहेको छ । सोहि गाउँपालिकामा कांग्रेस माओवादी तालमेल भएको थियो ।

प्रमुखमा कांग्रेस १ सय ४२ रहेको छ भने उपप्रमुखमा १ सय १२ मत रहेको छ । चन्द्रकोट गाउँपालिकामा माओवादीले अग्रता कायम राखेको प्राप्त मत अनुसार माओवादी प्रमुखमा २ सय ६ मत रहेको छ भने उपप्रमुखमा १ सय ५८ मत रहेको छ ।

सोहि गाउँपालिकामा कांग्रेस प्रमुख १ सय ५१ मत रहेको छ भने उपप्रमुखमा १ सय ३६ मत एमाले प्रमुख १ सय ४४ मत र उपप्रमुखमा १ सय ५७ मत रहेको छ ।

गुल्मीमा अन्य गाउँपालिका तर्फ रेसुङ्गा नगरपालिकामा र गुल्मी दरबार गाउँपालिकामा मतगणना भइरहेको छ । मतपरिणम सार्वजनिक भएको छैन् ।

अन्य गाउँपालिकाहरुमा केहिमा मतगणना सुरु भएको छ भने केहि गाउँपालिकामा भने मतगणना गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्