रुपन्देही, बाँके र रोल्पा जिल्लामा मतगणना सुरु



बुटवल, १५ असार । स्थानीय तह निर्वाचनको बुधबार भएको मतदानको आज बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् ।

मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा आज बिहानदेखि गणना सुरु गरिएको हो । जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिनुभयो ।

जिल्लाका बुटवल उपमहानगरपालिकालगायत अधिकांश स्थानीय तहमा आज बिहानदेखि मात्र गणना सुरु भएको उहाँले जानकारी दिनुभयो ।

रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामध्ये बुधबार १५ वटा तहमा निर्वाचन भएको थियो । जिल्लाको कोटहीमाई गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारको केही दिनअघि मृत्यु भएपछि सो वडामा बुधबार मतदान स्थगित भएको छ । स्थगित निर्वाचनको मतदान भोलि शुक्रबार हुने निर्वाचन कार्यालयले जनाएको छ ।

लुम्बिनी ः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सम्मईमाई गाउँपालिकामा मतगणना कार्य सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकामा गए राति १ बजेबाट मतगणना प्रक्रिया सुरु भएको थियो ।

त्यस्तै, रुपन्देहीकै सम्मईमाई गाउँपालिकामा पनि मतगणना जारी छ । राति ११ः३० बजेदेखि सुरु भएको थियो । सम्मइमाई गाउँपालिकामा अहिलेसम्म ९०० मत गणना भइसकेको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९०० मत गन्दा नेकाले ३५२ सहित अग्रता लिएको छ । सिद्धार्थनगरमा पनि नेका अगाडि रहेको छ ।

खजुरा ९बाँके० ः बाँके जिल्लाको डुडुवा गाउँपालिका–१ को मतगणना अहिले भइरहेको छ । पछिल्लो ११५ को मतपरिणामअनुसार सङ्घीय समाजवादी फोरमले ४३, नेकाले ३३, नेकपा ९माओवादी केन्द्र० तीन, नेकपा ९एमाले० एक र राप्रपाले दुई मत ल्याएको छ ।

डुडुवा गाउँपालिकामा गएराति २ बजेदेखि मतगणना सुरु भएको छ । जिल्लाका नेपालगन्ज उपमहानगरापलिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी, जानकी, बैजनाथ, खजुरा, नरैनापुर गाउँपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो ।

रोल्पामा मतगणना सुरु

यसैबीच, रोल्पाका दश स्थानीय तहमध्ये हाल तीन स्थानीय तहको मतगणना सुरु गरिएको छ । जिल्लाका सुवर्णावती गाउँपालिका, सुकीदह गाउँपालिका र माडी गाउँपालिकाको मतगणना राति १ बजेदेखि सुरु गरिएको छ ।

मतगणना गरिएका तीन स्थानीय तहमध्ये दुई स्थानमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने एक स्थानमा नेकपा ९माओवादी केन्द्र० अगाडि देखिएको छ । नेकाले सुकीदह र सुवर्णावती गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा ९माओवादी केन्द्र० माडी गाउँपालिकामा अगाडि रहेको छ । मतगणना हुन बाँकी सबै स्थानीय तहको मतगणनाका लागि सर्वदलीय बैठक भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

जिल्लामा ६९।१४ प्रतिशत मत खसेको थियो । जिल्लाको चर्चित थवाङ गाउँपालिकामा पनि तीनहजार ६८२ मत खसेको छ । सो गाउँपालिकामा पाँच हजार ८५३ मतदाता रहेका थिए ।

बाँकेमा मतगणना

यसैगरी, बाँकेमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको दुरुवा गाउँपालिकामा आज बिहान २ बजेदेखि मतगणना कार्य सुरु भएको हो भने अन्य सातवटा स्थानीय तहमा बिहान ५ बजेदेखि मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म सर्वपक्षीय बैठक बसिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेका २३ वटा वडाको मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा हुने भएको छ । कोहलपुर नगरपालिकाको मतगणना १३ वटा वडाको पिपिरीस्थित कृषि विकास बैंकको तािलम केन्द्रमा हुने भएको छ ।

खजुरा गाउँपालिका र जानकारी गाउँपालिकाको मतगणना खजुरामा हुने भएको छ । राप्ती सोनारी गाउँपालिकाको मतगणना कचनापुरमा हुने भएको छ ।

नरैनापुर गाउँपालिकाको मतगणना नरैनापुरमै हुने भएको छ । सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्