एनसेलका ग्राहकलाई हरेक दिन उपहार



 

काठमाडौं, (नेस)
एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिनआकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। एनसेल प्रालिले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जसअन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहार पाउनेछन्।

यो अफर असार १४ गतेबाट लागू हुने कम्पनीले जनाएको छ। एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२४ ह्यास डायल गरी निर्देशनअनुसार अथवा अंग्रेजीमा ‘ए’ टाइप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन्। यो योजनामा सहभागिता जनाएपछि ग्राहकले विविध उपहारमध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाइम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन्। आकर्षक उपहार अन्तर्गत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाइम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारमध्ये कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन्।

यसरी प्राप्त उपहार ग्राहकले त्यसै दिन अर्थात राती १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ। राती १२ बजेपछि अघिल्लो दिनको बोनस उपहार स्वतः सकिनेछ र ग्राहकले फेरि त्यस दिनको मध्यरातसम्म मान्य हुने उपहार प्राप्त गर्नेछन्। प्राप्त बोनस टक टाइम र एसएमएस एनसेल नेटवर्कमा मात्र लागू हुनेछ। ‘आफ्ना ग्राहकलाई सधै उत्कृष्ट सेवा अनुभव प्रदान गर्नु एनसेलको उच्च प्राथमिकता रहँदै आएको छ। यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सम्भव बनाउँदै लाभ प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्