२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा



 

नेपाल समाचारपत्र
काठमाडौं
शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हाम्रो तर्फबाट एक नामक नयाँ स्किम ल्याएको छ। उक्त स्किमअन्तर्गत शिवम् सिमेन्टको प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने योजना ल्याएको हो।
शिवम् सिमेन्टका निर्देशक सुरेन्द्र गोयलले शिवम् सिमेन्टले ओपीसी सिमेन्टमात्र उत्पादन गर्ने र बजारमा शिवम् नामको एउटामात्र कम्पनीको उत्पादन रहेकोले गुणस्तरमा बढी ध्यान दिइएको बताउनुभयो।

निर्देशक गोयलले भूकम्पपछि पुनर्निर्माणको क्रममा कम्पनीले टोल फ्रि नंम्बरमार्फत निर्माण र प्रविधिका विषयमा सर्वसाधारणलाई निः शुल्क जानकारी दिन चौबिसै घण्टा ट्राफिक भ्यानको व्यवस्था गरिएको र प्राविधिकसंँग सल्लाह लिन सकिने बताउनुभयो।

यसअघि शिवम् सिमेन्टले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि चाँदी नै चाँदी नामक योजना स्वरूप सम्मान व्यक्त गरेको थियो। सो योजनाअन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम लक्ष्मी–गणेश अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो।

शिवम् सिमेन्टका उपाध्यक्ष साजन देवकोटाले सामाजिक उत्तरदायित्वअन्तर्गत उपभोक्तालाई ‘एक हाम्रोतर्फबाट नामक नयाँ स्किम ल्याइएको बताउनुभयो। आफ्नै चुन ढुंगा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुंगा प्रयोग गरी शिवम् ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।

मकवानपुरको गढी क्षेत्रमा आफ्नै चुनढुंगा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय सञ्चालनमा सहयोग, स्वास्थ्य सञ्चालनमा सहयोग, वातावरण व्यस्थापनलगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्