जनताको रहर



 

दोस्रो चरणको निर्वाचन बुधबार सम्पन्न भएको धरहराले पनि देख्न पाएको छ।
अब, अर्को चरणको निर्वाचन असोज २ गते हुने भनिएको छ। हिजो दोस्रो चरणको मतदान भव्यरूपमा भएको देखेपछि तेस्रो चरणको निर्वाचन तोकिएका क्षेत्रका स्थानीय बासिन्दाले चाँडो मतदान गराऊ हामी पनि चाँडोभन्दा चाँडो मतदान गर्न लालायित छौं भन्न थालेका छन्। हिजो मात्रै कतिपय जिल्लाका बासिन्दाले त्यो जोड गरेको धरहराले देख्न पायो।

हुन पनि जनतामा निर्वाचित पदाधिकारी नभएका क्षेत्रमा विकास निर्माणका कार्यमा पनि असर पर्ने हो कि भन्ने डर पलाएको छ। यसखालको डर पलाउनु त्यति नाजायज पनि होइन। किनकि, नवनिर्वाचितहरूले केही न केही योजना ल्याउने भएकाले नयाँपनको अपेक्षा उनीहरूले गरेका छन्।

यसअघि कर्मचारीतन्त्रले स्थानीय तह चलाइरहेको अवस्थामा जनताले चाँडो त्यसबाट मुक्ति चाहेको पाइएको छ। यो अवस्थामा निर्वाचन गर्नु हुन्न भन्ने र सार्ने दुवैलाई दबाब महसुस हुनुपर्ने हो। जनइच्छाको कदर नगर्ने अनि जनताका सेवक भन्न मिल्ला र भनेको? कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्