प्रहरी हवल्दारले जोगाए मतदान केन्द्र



नरेन्द्र केसी, दाङ । दाङको एक मतदान केन्द्रमा प्रहरी हवल्दारले ज्यानको जोखिम मोलेर बम बिष्फोट हुनबाट जोगाएका छन् ।

 

तुलसीपुर ३ स्थित मावि अम्बास मतदान केन्द्रलाई लक्षित गरी अज्ञात व्यक्तिले प्रहार गरेको बम प्रहरी हवल्दार दुर्गाबहादुर राणाले समाएर तत्काल केन्द्रबाहिर फालेका थिए ।

 

रानाले तुलसीपुर उपमहानगरपालिका वडा नं ३ अम्वास मा चुनावि अभियानको सुरक्षार्थ खटिएको बेला दिउसको समयमा एक जना युवकले बम आफूतिर फालेको देखे अनि त्यो आगो सल्किरहेको बमलाई केही सेकेन्डमै जंगलतिर फाल्न सफल भएको बताउनुभयो । उहाँको सम्मानमा स्थानीयवासीले अविर जात्रा नै गरेका छन् । मतदान सकिएपछि रानालाई सम्मान गरिएको हो ।

 

सल्यान सारदा नगरपालिका वडा नं १ छापडाडाँमा जन्मिएका प्रहरी हवल्दार दुर्गा बहादुर राणा एक हप्ता अगाडि मात्रै काठमाडौ बाट दाङ आएका आउनुभएको हो । उहाँले भन्नुभयो– ‘मैले जीवनको कुनै प्रवाह गरिन, मलाई मेरो भन्दा जनताको सुरक्षामा चासो भयो ।’ उहाँले आफ्नो जिम्मेवारी र मतपेटिकाको सुरक्षा गर्नु प्रमुख कर्तव्य भएको ठानेर बम मतदान केन्द्रमा खस्न नदिएको बताउनुभयो ।

गृहमन्त्रीको बधाई

बुधवार उहाँलाई गृहमन्त्रि जनार्दन शर्मा प्रभाकरले टेलिफोन गरेर बधाई र धन्यवाद दिनुभएको छ । उहाँले नेपाल प्रहरीको साहस प्रति गर्व गर्दै हवल्दार राणालाई पुरस्कार दिने घोषणा समेत गर्नुभएको छ । रानालाई प्रहरी महानिरिक्षक प्रकाश अर्यालले पनि फोन गरेर बधाई दिनुभएको छ । उहाँले नेपाल प्रहरी भित्र सक्षम र साहसीहरुको उदाहरण राणाले देखाएको भन्दै खुसी व्यक्त गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्