प्रधानमन्त्रीको स्कटिङमा रहेको प्रहरीको गाडी दुर्घटना,१० प्रहरी घाइते



प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा रहेको गाडी दुर्घटनामा परेको छ ।

प्रधानमन्त्री देउवा मतदान गरेर गृहजिल्ला डडेल्धुराबाट कैलालीको धनगढी फर्किने क्रममा सकर्टिङमा रहेको से१ख १५०३ प्रहरीको गाडी कैलालीको सहजपुरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जना प्रहरी घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते सबैलाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पताल र कैलाली सदरमुकाम धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा पुर्याइएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्